SHARE
कालिका खबर · आइबार​ ३ साउन २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

सरकारबाट जनता आश्वस्त होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारबाट जनता आश्वस्त हुन नसकेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भएको बताएका हुन् । त्यो परिवेशभित्र एमालेले आफ्नो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको जो परिवेश सिर्जना भएको छ, त्यो परिवेशभित्र हामी हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ।