SHARE
Kalo Pati · आइबार​ ३ साउन २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए। संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए ।