SHARE
कालिका खबर · आइबार​ ३ साउन २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

पशुपतिनाथमा साउने सोमबारका लागि कोषको तयारी सुस्त

काठमाडौँ : हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक एवं सांस्कृतिक महत्व बोकेको साउन महिनाको सोमबार भोलिदेखि शुरु हुँदैछ। साउनका सोमबारहरूमा भगवान् शिवको दर्शन, पूजाआराधना र जल चढाउन देशका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजन पशुपतिनाथ मन्दिर पुग्ने गर्दछन्। यति ठूलो धार्मिक उत्सवको पूर्वसन्ध्यामा पनि पशुपति क्षेत्र विकास कोष परिसरमा भने विगतका वर्षहरूमा जस्तो चुस्त र विशेष पूर्वतयारी देखिएको छैन। पहिलो सोमबार आउन केही घण्टा मात्रै बाँकी रहँदा पनि दर्शनार्थीको सहजताका लागि आवश्यक प्रबन्धहरू सुस्त देखिएका छन्।