SHARE
Samata Press · आइबार​ ३ साउन २०८३ ०८:०२ PM · 1 मिनेट पढाइ

सुशील विकेको कविता: कम्युनिष्टको जात के हो ?

सुनेथेँ,  कम्युनिष्टहरू मान्दैनन् जातपात, कम्युनिष्टहरू हुन्छन् साम्मे गाम्मे, अर्थात् समानतावादी साम्यवादी बज्थ्यो गीत, मानिसको अन्तराष्ट्रिय जाति हुनेछ,  जातपातको भूंग्रोमा जलिरहेका मान्छेहरू  यही गीत सुनेर कम्युनिष्ट भएथेँ सायद, कम्युनिष्टहरू नारा लाउँथे, वर्गीय मुक्तिको लैंगिक मुक्तिको  विभेद मुक्ति  अर्थात् मानव मुक्तिको कम्युनिष्टहरू चर्का भाषण गर्थे, सबै किसिमका विभेद अन्त्य गर्ने सबै किसिमका शोषण अन्त्य गर्ने न्याय र समानता ल्याउने सबै समान भएको साम्यवाद ल्याउने अहिले मौन छन कम्युनिष्टहरू नेपाली समाजको सबैभन्दा ठूलो अन्तरविरोध सबैभन्दा ठूलो कलंक  जातव्यवस्थावारे किन वोल्दैनन कम्युनिष्ट