SHARE
कालिका खबर · आइबार​ ३ साउन २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

चीनका राष्ट्रपति चढ्ने ‘हङछी’ अब नेपालमा, लक्जरी ईभी बजारमा नयाँ प्रतिस्पर्धा

काठमाडौं । चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी तथा विदेशी राष्ट्रप्रमुखहरूको सवारीका रूपमा दशकौँदेखि परिचित रहेको चीनको प्रतिष्ठित लक्जरी अटोमोबाइल ब्रान्ड हङछी (Hongqi) अब पहिलो पटक नेपाली बजारमा प्रवेश गर्ने भएको छ। नेपालमा विद्युतीय सवारी (ईभी) को बजार तीव्र गतिमा विस्तार भइरहेका बेला हङछीको आगमनलाई प्रिमियम तथा लक्जरी ईभी सेग्मेन्टमा नयाँ अध्यायका रूपमा हेरिएको छ। ‘रेड फ्ल्याग’ अर्थात् ‘रातो झण्डा’ को अर्थ दिने हङछी चीनको राष्ट्रिय गौरवसँग जोडिएको ब्रान्ड हो। यही कारण यसलाई अन्तर्राष्ट्रिय बजारमा धेरैले ‘चीनको रोल्स–रोयस’ भन्ने उपनामले समेत चिन्ने गर्छन्। नेपालका लागि हङछीको आधिकारिक वितरक एडभान्स्ड अटोमोबाइल प्रालि हुनेछ।