SHARE
कालिका खबर · सोमबार ४ साउन २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

फागुन ६–८ गते भृकुटीमण्डपमा ‘नवौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुँदै

कृषि प्रविधि, आधुनिक उपकरण र नवप्रवर्तन एकै थलोमा; सबैका लागि निःशुल्क प्रवेश काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नवौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आगामी फागुन ६ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि.को संयुक्त आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालका कृषि उद्यमी, व्यवसायी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।