SHARE
Kalo Pati · सोमबार ४ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम (सात तस्बिर)

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा यहाँ ११ ‘ए’ साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको हो । मैदानमा कार्पेट बिछ्याउने काम सकिएको र बालुवा भर्न बाँकी रहेको महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालले बताए ।