SHARE
Kalo Pati · सोमबार ४ साउन २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

‘३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन, सबै दोष हामीलाई थोपर्न मिल्दैन’: निरज आचार्य

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के गर्‍यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् ।