SHARE
कालिका खबर · सोमबार ४ साउन २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

काठमाडौँ : सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरवलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्दबहादुर कार्की मुख्यसचिव भएपछि बसेको सचिवहरूको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्यसचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।