SHARE
कालिका खबर · सोमबार ४ साउन २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल र संवाद भइरहेको जानकारी दिएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पारेका हुन्। उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताए। १५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबिच सकारात्मक संवाद भइरहेको उनको भनाइ छ।