सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर
काठमाडौं । सरकारले उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्न नगद उपहारसहितको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गरेको छ । अर्थ मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै बिल लिने उपभोक्तामध्ये दैनिक र पाक्षिक रूपमा गोलाप्रथामार्फत विजेता छनोट गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको हो । कार्यक्रमअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्नेछन् ।
