‘पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने’ : अर्थ मन्त्रालय
काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमवार (हिजो) जारी गरेको ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि गाडी खरिद गर्न नपाइने भएको छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्ने छ ।
