SHARE
कालिका खबर · मङगलबार ५ साउन २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

बारामा अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा १ जनाको ज्यान गयो, चालक पक्राउ

बारा । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सोमबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अचानक अनियन्त्रित भई सडकछेउमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए ।