SHARE
Kalo Pati · मङगलबार ५ साउन २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर

  काठमाडौँ । आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले उपभोक्ताहरूका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको छ । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गर्दै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने उपभोक्तालाई नगद उपहार दिने व्यवस्था गरेको हो ।