पर्वतमा भिरबाट खसेका व्यक्तिको शव १३० मिटर तलबाट उद्धार
काठमाडौँ : पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइड क्षेत्रको भिरबाट खसेका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार बागलुङ नगरपालिका-१४ नारायणस्थान स्थायी घर भई हाल सोही क्षेत्रमा बसोबास गर्दै आएका करिब ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट खसेका थिए। घटनापछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतबाट टोली परिचालन गरिएको थियो। खोजी अभियानका क्रममा मंगलबार बिहान उनको शव फेला परेको हो।
