SHARE
कालिका खबर · मङगलबार ५ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

वडा अध्यक्ष र सचिवबीच बार्गेनिङ नमिल्दा वडा कार्यालय बन्द, सेवाग्राहीको काम ठप्प

सिरहा। सिरहाको नरहा गाउँपालिकामा वडा अध्यक्ष र सचिव बिच बार्गेनिङ नमिलेका कारण वडा कार्यालय बन्द हुदा सेवाग्राहीको काम ठ्ठप भएको छ। शुक्रबारदेखि सुरु भएको विवादपछि कार्यालयको नियमित सेवा प्रभावित बनेको हो। आर्थिक वर्षको अन्त्यसँगै योजनाको हिसाब किताब र रकम बाँडफाँटको विषयलाई लिएर वडा अध्यक्ष सम्झना सिंह र वडा सचिव रामानन्द सिंहबीच विवाद चर्किएको कर्मचारीहरु बताउँछन् । नरहा गाउँपालिका २ का वडा अध्यक्ष सम्झना सिंह र वडा सचिब रामानन्द सिंहबिच कमिसनको बार्गेनिङ नमिल्दा दुबैजना वडा कार्यालय छोडेर सम्पर्क बिहिन बनेको हो।