SHARE
Kalo Pati · मङगलबार ५ साउन २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडौं । कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ ।