SHARE
कालिका खबर · मङगलबार ५ साउन २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं । नेपाली सेनाको सैनिक वार कलेजमा सञ्चालन गरिएको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न भएको छ। नेपाली सेनाका अनुसार २०८२ चैत १५ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन आज प्रधान सेनापति महारथी अशोक राज सिग्देलले एक विशेष कार्यक्रमबीच गरेका हुन्। तालिममा महासेनानी दर्जाका ३६ जना शिक्षार्थी सहभागी थिए। समापन समारोहमा तालिम प्रमुख प्रशिक्षक उपरथी मधुकर सिंह काकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। तालिममा महासेनानी प्रशान्त बज्राचार्य प्रथम (Best Student Officer) घोषित भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन्।