SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

साहित्यको गहिरो बुझाइबाट मात्रै पूर्ण राजनीतिज्ञ बन्न सकिन्छ: गुरु घिमिरे

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्ने बताएका छन् । मंगलवार राजधानी काठमाडौंमा आफ्ना पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो बताएका हुन् । उनले साहित्यको गहिरो बुझाइ भएको व्यक्तिले मात्र राजनीतिक रुपमा उचाई प्राप्त गर्नसक्ने बताए।