SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

बागमती सरकारले यातायात सेवा डिजिटल बनाउने, लाइसेन्स परीक्षा अनलाइनदेखि स्मार्ट ब्लुबुकसम्म

बागमती । बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न सुधारका कार्यक्रम अघि सारेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार ‘प्रविधि र पारदर्शिताः सेवा प्रवाहको नयाँ परिभाषा’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै यातायात कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा क्रमशः अनलाइनमार्फत उपलब्ध गराइनेछ ।