जनकपुर पुगेर हर्क साम्पाङले भने- ‘आरेन राईलाई सुध्रिन दिनुपर्छ’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीका सांसद आरे राईको पुरानो विवादित अभिव्यक्तिका विषयमा ताजा प्रष्टिकरण दिएका छन् । राईले विगतमा अञ्जानमा बोलेको भन्दै अहिले सुध्रिन दिनुपर्ने उनले बताए । राई श्रम संस्कृतिबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् र संसदमा सक्रिय भूमिका निभाइरहेका छन् । उनी खोटाङ १ बाट विजयी भएका थिए ।
