SHARE
कालिका खबर · बुधबार ६ साउन २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नदेखिएको भन्दै प्रहरीले प्रारम्भिक अनुसन्धान टुंग्याएको हो। काठमाडौं महानगरपालिका–२६ नरदेवी स्थायी घर भएका श्रेष्ठ हाल परिवारसँग कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान करिब ११ः२० बजे उनले बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुगेका थिए। प्हरीका अनुसार उनले सडकबाट केही पर रहेको खाली स्थानमा कार रोकेपछि गाडीभित्रै आगो लागेको थियो।