तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
काठमाडौं : महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा सात लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब दुई लाख ४० हजार रुपैयाँ बराबरको नाक्सान भएको छ ।
