नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा आज सेयर बजार दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अङ्कले घटेर दुई हजार ७१२.५४ बिन्दुमा झरेको हाे। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१० अङ्कले घटेर ४७०.३१ बिन्दुमा पुगेको छ।
