SHARE
कालिका खबर · बुधबार ६ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.९५ अङ्कले घटेर २७१२.५४ विन्दुमा ओर्लिएको छ । आज बजारमा कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरूमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।