SHARE
कालिका खबर · बुधबार ६ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

बालेनलाई जस्तै गगनलाई पनि एक्लै चलाउने रोग लागेको छ : महत

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन कुमार थापालाई एक्लै चलाउने रोग लागेको टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । गिरिजाप्रसाद कोइरालाले समेत सबैसँग सल्लाह गर्ने गरेको उनले स्मरण गरे । ‘गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, मलाई यस्तो लागेको छ, के गर्ने हो तिमिहरू भन भन्नुहुन्थ्यो ।