माछापुच्छ्रे बैंकमा दुई उच्च अधिकारीको बढुवा, अर्याल बने सिनियर डीसीईओ
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुई उच्च तहका अधिकारीलाई पदोन्नति गरेको छ। बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। उनले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका छन्।
