SHARE
कालिका खबर · बुधबार ६ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले अहिलेको सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको बताएका हुन् । ‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ’, कोइरालाले भने–  ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो । तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ ।’ उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए ।