SHARE
Samata Press · बुधबार ६ साउन २०८३ ०९:०९ PM · 1 मिनेट पढाइ

तत्कालिन पलाँता गाउँपालिका उपाध्यक्षसहित १० जना विरुद्ध मुद्दा

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनालाई सरकारी सम्पत्ति अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालिन उपाध्यक्षसहित १० जना बिरुद्ध मुद्दा दायर गरेको हो ।  आयोगले तत्कालिन उपाध्यक्ष न्यौपानेसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सव–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष टक्कबहादुर बम, योजनाको उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलाक्षिना बम र सचिव कमलबहादुर बम विरुद्ध मुद्दा दायर गरेको हो । द्द आयोगले आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गरिएको बेल्केढुङ्गा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माण योजना अन्तर्गत वास्तविक कार्यभन्दा बढी काम भएको देखाएर सरकारी कोषबाट रकम भुक्तानी गरेको र अनुसन्धानबाट योजनामा १ हजार २०० घनमिटर ग्याभिन भरिएको भनी झुटो नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तथा मूल्याङ्कन तयार गरी उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ ।