SHARE
Samata Press · बिहीबार ७ साउन २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

नेपाल स्काउटको नियुक्ति पारदर्शी नभएको भन्दै पूर्व अन्तर्राष्ट्रिय आयुक्त स्मृति बरालको विरोध

काठमाडौँ। नेपाल स्काउटको नियुक्ति पारदर्शी नभएको भन्दै स्काउटकी पूर्व अन्तर्राष्ट्रिय आयुक्त स्मृति बरालले विरोध जनाएकी छन्।  सरकारले खुला प्रतिस्पर्धाको बहाना बनाए पनि योग्य व्यक्तिहरूलाई अवसर नदिएको उनको आरोप छ। 'योग्य व्यक्तिहरूलाई अवसर दिन सकिने धेरै विकल्प हुँदाहुँदै आज अपनाइएको प्रक्रिया देखेर मनि पद कति पद कति विवेकहीन निर्णयको माध्यम बन्न सक्दो रहेछ भन्ने कुरा स्पष्ट भयो,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्।  उनले न्यायपूर्ण र पारदर्शी प्रक्रियाका लागि शरीरमा अन्तिम रगत र सास बाँकी रहुञ्जेल लडिरहने उद्‌घोष समेत गरेकी छन्।  सरकारले स्काउटको आयुक्तमा सन्तोष थापालाई नियुक्त गरेको छ। थापा यसअघि पनि स्काउटमै थिए। बालेन शाह नेतृत्वकै सरकारले केही समय अघि मात्रै अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गर्दा थापा पनि बर्खास्त गरेको थियो।  उनी नेपाल स्काउटका विवादित पूर्व निर्देशक रामप्रसाद भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजीव खत्रीका प्रिय पात्र हुन् ।