पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ : पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको तिनाउँ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी छन् । बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गएराति करिब ११ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । टिपर सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको छ । प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोलीले चालकलाई उद्धार गरी उपचारका लागि बुटवलमा पठाएको थियो ।
