SHARE
कालिका खबर · बिहीबार ७ साउन २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । एक सन्देश जारी गर्दै नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आजको समयमा पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए । विज्ञप्तिमा भनिएको छ, “वि.सं. २०३५ साल साउन ७ गते उहाँ भौतिक रूपमा हामीबाट बिदा भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले दिनुभएको योगदान अमूल्य छ ।