गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् । बिहीबार ४८ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् । उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ ।
