SHARE
Kalo Pati · बिहीबार ७ साउन २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

चक्रपथको कलंकी-बसुन्धारा खण्ड निर्माण चाडपर्वपछि (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी-बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ-तिहार)लगत्तै सुरु हुने भएको छ । अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन् ।