SHARE
कालिका खबर · बिहीबार ७ साउन २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा

काठमाडौँ। २००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको वैचारिक तथा साङ्गठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा पुगेको छ। आगामी मङ्सिरमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व छ महिना बित्दा समेत टुङ्गोमा पुग्न सकेको छैन। दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतरपक्ष (खड्का/कोइराला समूह) बिचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ।