SHARE
Kalo Pati · बिहीबार ७ साउन २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।