SHARE
Kalo Pati · बिहीबार ७ साउन २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा धेरै १५६ जना पक्राउ परेका छन् । ललितपुरबाट ११ र भक्तपुरबाट २ जना पक्राउ परेका छन् । नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।