गौंथली’ शुक्रबारदेखि अमेरिकाभर प्रदर्शनमा, पहिलो सातामै १ हजारभन्दा बढी शो
काठमाडौं। नेपालमा प्रदर्शनरत नेपाली चलचित्र ‘गौंथली’ शुक्रबार ९२४ जुलाई०देखि अमेरिकाभर प्रदर्शनमा आउने भएको छ। वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै फिल्म अमेरिकाका २६ राज्यका ५६ सहरमा पहिलो सातामै १ हजारभन्दा बढी शोसहित प्रदर्शन हुने जनाएको छ। प्रदर्शनअघि बिहीबार अमेरिकाका तीन सहरमा विशेष प्रिमियर शो आयोजना गरिनेछ।
