SHARE
कालिका खबर · बिहीबार ७ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक भयो प्रिमियम इलेक्ट्रिक पिकअप MAXUS eTERRON 9 Comfort, सुरुवाती मूल्य ८८ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रालिले प्रिमियम इलेक्ट्रिक फोर-ह्विल ड्राइभ पिकअप MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पहिलो ५० जना ग्राहकका लागि यसको विशेष सुरुवाती मूल्य रु. ८८ लाख निर्धारण गरेको जनाएको छ। कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा तथा व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको eTERRON 9 Comfort दैनिक आवागमनदेखि लामो दूरीको यात्रा, आउटडोर एडभेन्चर र व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप हो।