SHARE
कालिका खबर · बिहीबार ७ साउन २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

लगातार तेस्रोपटक उत्कृष्ट लुम्बिनी प्रदेश प्रहरी, डीआईजी खत्रीको नेतृत्व अब्बल

काठमाडौं । डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार तीन महिना उत्कृष्ट बन्दै नयाँ कीर्तिमान कायम गरेको छ। वैशाख, जेठ र असार महिनाको मूल्याङ्कनमा देशभरका सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये लुम्बिनी प्रदेश प्रहरीले पहिलो स्थान हासिल गरेको हो। नेपाल प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली तथा सीमा सुरक्षालगायतका सूचकका आधारमा गर्ने मासिक मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी लगातार तीन महिनासम्म शीर्ष स्थानमा रहन सफल भएको हो।