अडिटको नाममा ५ लाख घुससहित लहानका कर अधिकृत पक्राउ
सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका छन्। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आज कार्यालय परिसरमै उनलाई नियन्त्रणमा लिएको हो। गोलबजार नगरपालिका ६ स्थितको सिरहा सुपर मार्केट प्रालि (एबिमल) को आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने नाममा कर अधिकृत पालले आफूभन्दा माथिका हाकिमलाइ समेत मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ अतिरिक्त रकम मागेका थिए । घुस नदिए अडिट प्रक्रिया अगाडि नबढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात समेत मागिएको थियो।
