SHARE
कालिका खबर · बिहीबार ७ साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। दिनभरको तीव्र उतारचढावका बाबजुद बजार बन्द हुँदा नेप्से परिसूचक सकारात्मक देखिएको हो। नेप्से परिसूचक आज १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेर रोकिएको छ। आज बजार खुलेदेखि नै घटबढको क्रम जारी थियो। दिउँसो १:३० बजेसम्म बजार केही सुस्त देखिए पनि अन्तिम एक घण्टामा भने तीव्र वृद्धि देखिएको छ। बिहीबार कुल ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।