SHARE
कालिका खबर · बिहीबार ७ साउन २०८३ ०४:३६ PM · 1 मिनेट पढाइ

एचसीसीएनको नयाँ डीन बने सुरज वैद्य, विदेशी लगानी र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा

काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन्। फिलिपिन्सका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत रहेका वैद्यलाई काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले सर्वसम्मत रूपमा नयाँ डीन चयन गरेको हो। यसअघि बुल्गेरियाका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत भोला थापा डीनको जिम्मेवारीमा थिए। साधारणसभाले पासाङ दावा शेर्पालाई संगठनको भाइस डीनमा चयन गरेको छ।