SHARE
कालिका खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

काठमाडौंसहित यी २८ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै केही जिल्लामा आज (साउन ८) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।