सिस्नेखोला-नागढुंगा सुरुङमार्ग तयार, भोलि उद्घाटन
काठमाण्डु- नेपालकै पहिलो आधुनिक सुरुङमार्ग सिस्नेखोला–नागढुंगा तयार भएको छ । सुरुङमार्गको उद्घाटन सोमबार गरिँदैछ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीलगायतले सोमबार सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ । यद्यपि उद्घाटन सम्पन्न भएलगत्तै सर्वसाधारणका लागि सुरुङमार्ग खुला गरिने छैन।
