भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रवार गुडिरहेको एक सवारी साधनमा ठूलो ढुङ्गा खस्दा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । हिमाञ्चल प्रदेशको चम्बा जिल्लास्थित कढुनाला–राहुली क्षेत्र नजिकै सो दुर्घटना भएको हो ।
