बाह्र लाख ९८ हजार राजस्व सङ्कलन
सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो । उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो । गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए ।
