मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन् । लागूऔषधविरुद्धको अभियानअन्तर्र्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेस प्रदेशका आठ वटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागूऔषध कारोबारमा संलग्नहरु पक्राउ पर्न थालेका हुन् ।
