महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राइजिङ स्टार ग्रोथ’अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पती गुणस्तर’अन्तर्गतबाट समेत सम्मानित भएको थियो । जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।
