SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

परीक्षा सुरु भएको केही समयमै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति पक्राउ

काठमाडौं : परीक्षा सुरु भएको केही समयमै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बस्ने ३३ वर्षीय संदिप सिंह रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई मध्यपुर थिमी नगरपालिका- १ बाट पक्राउ गरेको हो। शुक्रबार एमबीएसको ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा दिउँसो १२ बजेदेखि सञ्चालन भएको थियो।